पोखरा २० का १३४ किसानलाई सहयोग

समाधान संवाददाता
पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २० ले वडाभित्र रहेका अति विपन्न किसानलाई सहयोग वितरण गरिएको छ । १ सय ३४ किसानलाई कृषि सामाग्री वितरण गरिएको हो ।
वडा स्तरीय बजेट १० लाखमध्ये पशुपालकलाई ५लाख र खेतीपाती गर्नेलाई ५ लाखका सामग्री वितरण गरिएको हो । कृषितर्फ ७७ र पशुपालकतर्फ ५७ किसानले सहयोग पाएका हुन् ।
किसानलाई आधुनिक पद्धतिबाट खेतीपाती गर्न हाते ट्रयाक्टर, टनेल प्लास्टिक, असिना जाली, फलामे हलो जस्ता सामाग्री वितरण गरियो । किसानले सामग्रीसँगै प्रांगारिक तथा गड्यौला मल बनाउने तालिम र बेमौसमी तरकारी खेती तालिम पनि पाएका छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरभित्र उत्पादन भएका कृषि उपज महानगरकै सम्पदा भएको बताए ।
वडाले ७ थान हाते ट्याक्टर वितरण गरेको छ । देउराली अर्गानिक सहकारी र पीपलडाली सहकारीलाई १÷१, महेन्द्र मावि वाली विज्ञान अध्यापनका लागि १, र मौजा र भलाममा गरी ४ थान हाते ट्याक्टर प्रदान गरिएको छ । यसरी वितरण गरिएका सामग्री वरपरका अन्य किसानले पनि उपयोग गर्न सक्ने वडाध्यक्ष सीम गुरुङले बताए ।
वडाले २५ जना किसानलाई प्लास्टिक टनेल, २५ जनालाई असिना जाली र २० जनालाई फलामे हलो दिएको छ । पशुपालनतर्फ ४३ विपन्न वर्गका किसानलाई कुखुराका चल्ला वितरण गरियो । एउटा फर्मलाई कुखुरा फर्म सुदृढीकरण, २ किसानलाई उन्नत जातको बोका खरिदका लागि अनुदान दिइएको छ । ३ जना पशुपालकलाई चाप कटर घाँस काट्ने मेसिन, ३ कृषकलाई गोठ सुधारका लागि अनुदान, २ कृषकलाई खोर सुधार, प्रजनन योग्य उन्नत जातको रागो खरिदका लागि २ कृषकलाई अनुदान दिइएको छ । डिपिङ ट्यांक खरिदका लागि समेत वडाले सहयोग गरेको छ ।
विभिन्न समिति निर्माण गरी परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्ने गरी विपन्न किसानलाई सहयोग गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया