प्रभात आविको ४१ औं वार्षिकोत्सव
पोखरा ।
पोखरा–१८ सराङकोट सेदीस्थित प्रभात आाधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम विभिन्न सांस्कृतिक क्रियाकलापका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीहरु ईश्वरीमाया श्रेष्ठ, आदित्य पहारी, आयन थापा पूर्वविद्यार्थी सर्वबहादुर थापा शिक्षक अभिभावक संघका अध्यक्ष तारा गुरुङ दर्जी, अभिभावक कोपिला थापा, सिर्जना आधारभूत विद्या लयका प्रअ अनिता सुवेदी, छहदी आमा समूहका अध्यक्ष पशुपति थापा, कर्मफ्लाइट्स फाउन्डेसनका निर्देशक प्रेम कुँवर, अम्बिका ममता क्लबका अध्यक्ष कृष्णबहादुर थापा वडा सदस्य रमेशबहादुर थापा, सुनगाभा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापा शिक्षक पार्वती कोइराला, शान्त माविका प्रअ कृष्णप्रसाद तिमिल्सिना, सेदी बगर आमा समूहका अध्यक्ष यमकुमारी पहारी पूर्व गाविस अध्यक्ष झपटबहादुर थापा सेदी बगर टोल विकास संस्थाका अध्यक्ष राजु थापा अक्षयकोष दाता शोभा पहारी लगायतले बोलेका थिए ।
शिक्षक अनिता तिमिल्सिनाले विद्यालयले वर्ष दिन भरी गरेका कार्यक्रमको अभिलेख बारे जानकारी दिए । विद्यालयका प्रअ आशिष तिमिल्सिनाले विद्यालयको प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए । उक्त समारोहमा अक्षयकोष दाताहरु झपटबहादुर थापा, सीता थापा, कर्मफ्लाइट्स फाउन्डेसन, पूजा पहारी, भगवती पराजुली, भलककुमारी पहारी, शिव प्रसाद सुवेदी, गोमा थापा, कृष्णबहादुर थापा, निशा थापा, पूर्वशिक्षक मनु पँगेनी, उत्कृष्ट अभिभावक पार्वती तामाङ र विष्णुप्रसाद गौतम, वर्ष विद्यार्थी कक्षा पाँचका लम्सन विक सम्मानित भएका थिए । विद्यालयमा १८ लाख ६५ हजारको अक्षयकोष स्थापना भएको कुरा प्रअ आशिष तिमिल्सिनाले जानकारी दिए ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित महिला हाजिरीजवाफ लगायत विविध पुरस्कार वितरण गरिएको थियो । पोखरा १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले विद्यालयले गरेका गतिविधि देखेर आफ अत्यन्तै खुसी भएकाले वडाले गर्नुपर्ने सहयोग कुनै कमी हुन नदिने र विद्यालयलाई अभ्झ राम्रो बनाउन सरोकारवालाहरु सबैले ध्यान दिनुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक दुर्गादिवी देवकोटा पराजुलीले स्वागत र शिक्षक कृष्णप्रसाद कोइरालाले कार्यक्रम सञ्चालन गरेका थियो ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया