रेन्बो एकेडेमिक होम्सको प्रिप्राइमरी प्यारेन्ट्स मिट

पोखरा ।
रेन्बो एकेडेमिक होम्सले शनिबार प्रिप्राइमरी तहमा अभिभावक भेला आयोजना गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले वडा कार्यालयले वडाको शैक्षिक स्तर र विद्यार्थीका विभिन्न क्षमतालाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले शिक्षाको स्तर सुधार नभई देशको विकास सम्भव नहुने जनाए ।
महानगरका शिक्षा अधिकृत कृष्ण भण्डारी बालबालिकाको विकासमा विद्यालय, घर र समाजको भूमिका रहने धारणा राखे । ओआई इन्टरनेसनलका निर्देशक अञ्जना श्रेष्ठले समयसापेक्ष र प्रविधिको विकासमा जोड दिइन् ।
कार्यक्रममा पूर्वनर्सरीदेखि युकेजीसम्मका बालबालिकाले बालगीत, नृत्य र थिम प्रस्तुत गरेका थिए । समारोहमा २०७९ सालको शैक्षिक र खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष प्रकाश पौडेलले पनि बोलेका थिए । विद्यालयका प्राचार्य बाबुराम बरालको अध्यक्षतामा भएको कार्यक्रम खेमनारायण ढकाल र सोनी गुरुङले सञ्चालन गरेका थिए ।









किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम
नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया