लिटिल स्टेप माविको ४१ औँ वार्षिकोत्सव
पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालय सिमलचौर पोखराको मंगलबार ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विज्ञान तथा सामाजिक अध्ययन प्रदर्शनी, राइम्स, नृत्य एवं पुरस्कार वितरणसहितका कार्यक्रम वार्षिकोत्सव अवसरमा राखिएको थियो ।
त्यस अवसरमा आयोजित विज्ञान तथा सामाजिक अध्ययन प्रदर्शनी आकर्षणको केन्द्र बनेको थियो । विद्यार्थीहरुको प्रतिभा, क्षमता र कलाको उक्त प्रदर्शनीका अवलोकनकर्ताले प्रशंसा गरेका थिए । प्रतियोगितात्मक प्रदर्शनीमा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय समूहलाई तहगत रुपमा आकर्षक नगद पुरस्कार वितरण गरिएको थियो ।
त्यस समारोहमा नर्सरी, केजी कक्षा १ र २ का विद्यार्थीले राइन्स र नृत्य पनि प्रस्तुत गरे । कक्षा १ देखि १२ का विद्यार्थीहरुले समेत समारोहमा नृत्य प्रस्तुत गरेका थिए ।
विभिन्न शैक्षिकलगायत पुरस्कार वितरण गरिएको वार्षिकोत्सव समारोहमा अभिभावकको तर्फबाट कुलमाया पौडेल क्षेत्री, विभिन्न व्यक्तित्वको तर्फबाट हिसान गण्डकीका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले शुभकामना मन्तव्य राखे ।
समारोहको सभापतित्व पोखरा लिंकन इन्टरनेसनल कलेज एवं लिटिल स्टेप मावि व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव उदासले गरेका थिए । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेलाई समारोहका प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।
४० वर्षको शैक्षिक इतिहास निर्माण गर्न खटिएका अग्रणी शिक्षासेवी एवं पोखरा लिंकन इन्टरनेशनल कलेज तथा लिटिल स्टेप मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ समारोहमा उपस्थित थिए ।
संस्थापक प्राचार्य पम्फा गुरुङले लिटिल स्टेप माविका विविध कार्यक्रम र आयामबारे चर्चा गर्दै आफ्नो स्वागत मन्तव्य राखिन् । उल्लेख्य उपस्थिति बिच सम्पन्न भएको सो समारोहको उद्घोषण मावि संयोजक ताराप्रसाद सुवेदी, गणित शिक्षक चित्रबहादुर अधिकारी एवं छात्रा सिर्जना क्षेत्रीले गरेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया