पत्रकार पराजुली र जिसी खेलकुद पत्रकारिताबाट सम्मानित
समाधान संवाददाता
२०८० माघ १७ गते १५:०९

पोखरा ।
पत्रकारद्वय रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पत्रकारिताबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बुधबार पराजुली र जिसीलाई पुरस्कार प्रदान गरेको हो । उनीहरुले जनही २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पराजुली नयाँ पत्रिकामा कार्यरत छन् । पूर्व समाधानकर्मी जिसी अहिले नेपाल प्रेसमा कार्यरत छन् । उनीहरु नेपाल खेलकुद मञ्च गण्डकीका सदस्य हुन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गरेका थिए। पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मन्त्रालयले हरेक वर्ष यसरी प्रदेश, राष्ट्रिय स्तरका पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको छ ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया