अन्नपूर्णको भूमे स्कुलमा आकासगंगा

पोखरा ।
अन्नपूर्ण गाउँपालिका सुदामेस्थित भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा निर्माण गरेका छन् ।
कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग गरी चम्किरहेका ताराहरूको मनमोहक क्यानभास तयार गरेका हुन् । राति विद्युतको प्रकाशले १५ सेकेन्डमै चार्ज हुने हुँदा शान्तिपूर्ण संगीतको माहौल बनाइ आरामदायी निद्रा र शान्तिपूर्ण सपनाका लागि वातावरण तयार गर्छ । विद्यार्थीका लागि यसले खगोलीय अनुभूति दिनेछ । छाताघरलाई अलौकिक प्रकाशको साथले रमाइलो वातावरण प्रदान गर्ने कलाकारको धारणा छ ।
हिमालयको काखमा रहेको विद्यालयको वातावरणबाट प्रभावित भएर हाइन्जले पहिलो स्टारसिड कला उपहार दिएको जनाएका छन । यो नेपालमै पहिलो पटक प्रयोग गरिएको स्थापत्य कला हो । यसबाट ३ देखि १३ वर्षसम्मका ८० जना विद्यार्थी लाभान्वित हुने छन् ।
अस्ट्रियाली कलाकार र नेपाली स्कुलबिचको सहयोगले आकाशगंगा र पर्यावतरण जागरुकताको महत्वलाई केन्द्रमा राखेको छ । कलात्मक उत्कृष्टतासँगै पर्यावरणीय दायित्वको संगम भएकाले छात्रावासलाई चम्किला ताराको आकाशमा परिवर्तन गरेको छ ।
आकाशगंगा निर्माणसँगै कलाकार हाइन्जले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र खाद्यन्य हस्तान्तरण गर्न पाउँदा आफू नेपालप्रति खुसी रहेको जनाए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया