लिटल फ्लावरको ३१ औं अभिभावक दिवस

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीको ३१औं अभिभावक दिवस, वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति डा.गणेशमान गुरुङले बदलिँदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले अवको युग भनेको सूचना र प्रविधिको युग भएकाले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिश्पर्दा गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको विचार राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरीय शिक्षा बर्तमानको आवश्यकता भएको बताउँदै कक्षामा सिकेका विषयवस्तु जीवनोपयोगी र व्यवहारमा उतार्न सक्ने हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक र निजी विद्यालयमा भएको पाठ्यक्रमलाई एकरुपता दिने निती बनाउन लागेको बताएका थिए भने नेशनल प्याव्सनका केन्द्रीय सल्हाहकार ज्ञानेन्द्र भट्टराईले सरकारले निजी विद्यालयहरुलाई असुरक्षित हुने गरी नीति ल्याउन लाएकाले यो व्यावहारिक नभएको गुनासो राखेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा हिसान कास्कीका अध्यक्ष यम रोक्का, प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, राष्ट्रिय परीक्षा बोड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा,एन प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी,युनिप्स नेपाल कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, राइजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णु गुरुङ, लक्ष्मी माविका प्रअ जगन्नाथ अधिकारी लगायतले धारणा राखेका थिए ।
विद्यालय सञ्चालन समितिका कार्यवहाक अध्यक्ष दीपेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल विकल पौडेलले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा पुर्व प्रिन्सिपल विष्णुहरि पौडेल, शिक्षक लक्ष्मी घिमिरे, लक्ष्मी गुरुङ, टीका केसी र मीना परियार, नृत्य प्रशिक्षक मिलन तामाङ, खेल प्रशिक्षक शंकरप्रसाद शाह, शम्भु केसी र चित्रकलाका नगेनसिंह ठकुरीलाई सन्मन गरिएको थियो ।
कार्यक्रममा गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका इन्चार्ज रामप्रसाद अभिकारीले स्वागत मन्तव्य राखेका थिए । कक्षा ११ की विद्यार्थी वर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङले धन्यवाद ज्ञापन राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक विष्णुहरि पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने गरेका थिए । विद्यालयमा सात सय विद्यार्थी छन् ।
पोखरा महानगरपालिका वडा नं २७ को रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीको ३१औं अभिभावक दिवस, वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यार्थीहरुको तर्फबाट दोहोरी गित प्रस्तुत गर्दै ।बिद्यालयले सास्कृतीक कार्यक्रम अन्तरगत फरक सैलीमा दोहोरी गीत र भजन चुड्का प्रस्तुत गरिएको थियो ।









किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम
नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया