सहकारी ठगी प्रकरणमा पक्राउ परेका भण्डारी धरौटीमा छुटे

समाधान संवाददाता २०८० माघ २५ गते १०:४५

पोखरा ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पोखरा २३ का विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले उनलाई सोमबार पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले बुधबार उनलाई धरौटीमा रिहा आदेश गरेको हो ।

Advertisement


अदालतको आदेशानुसार ७ लाख रुपैयाँ धरौटी बुझाएर भण्डारी थुनामुक्त भएका हुन् । भण्डारीसहित ३३ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । यसअघि पूर्वलेखासमिति सदस्य सूर्य अधिकारीलाई पनि अदालतले धरौटीमा रिहा भएका थिए ।


भण्डारीले आफू सहकारीमा सेयर सदस्यसमेत नरहेको हुँदा सञ्चालनमा कुनै भूमिका नभएको बताउँदै आएका थिए । बचतकर्तामात्रै रहेका उनलाई समेत जोडेर अरु बचतकर्ताहरुबाट उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Advertisement

आफ्नो खातामा सहकारी प्रबन्धकले फेक डिपोजिट र फेक विथड्र गरेको हुँदा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको उनले बताउँदै आएका थिए । बरु आफू नै पीडित भएको उनले बताउँदै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया