‘बाल अधिकार सबैको सरोकार’

पोखरा ।
बाल अधिकार सुनिश्चित गर्ने सवालमा कास्की जिल्लाका बाल क्लबका पदाधिकारी र जिल्ला समन्वय समिति कास्कीबीच अन्तर संवाद भएको छ ।
जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले बाल अधिकारका सवालमा संविधान, ऐन, कानुनमा भएका व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए । उनले बाल अधिकार सुनिश्चित गर्न स्थानीय तह, सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उल्लेख गरे । ‘बाल अधिकार सबैको सरोकारको विषय हो,’ उनले भने, ‘सबै स्थानीय तहहरु हरेक दृष्टिकोणले बालमैत्री बन्नु पर्छ ।’
उनले बालबालिकाको सरोकारको विषय राष्ट्रको भविष्यसँग जोडिएको उल्लेख गरे । उनले बाल अधिकार उल्लंघनका घटना रोक्न तत्काल एक्सन टिम निर्माण गरी अगाडी बढ्न पालिकाहरुलाई आग्रह गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बालबालिकाको क्षेत्रमा बनेका ऐन, कानुन र नीति नियमको कार्यान्वयन गर्न राज्य तथा समाजको निकाय आआफ्नो क्षेत्रमा क्रियाशील हुनुपर्ने सुझाव दिए । उनले कास्कीका सबै स्थानीय तह तथा सरोकारवाला निकायले बालमैत्री सेवा प्रवाहको लागि प्रयास गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख वरिष्ठ श्रम अधिकृत सुरेशराज ढकाल, राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टंकप्रसाद खनाल, गैरसरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापा, बाल सञ्जाल कास्कीका अध्यक्ष समीक्षा लामिछाने, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका अधिकृत प्रकाशबन्धु अर्याल लगायतले बाल अधिकारका बारेमा बोलेका थिए ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया