पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा

समाधान संवाददाता २०८० माघ २६ गते ११:४४

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ ७० वर्षमा प्रवेश गरेको छ । उद्योगी/व्यवसायीको हितको रक्षा गर्ने उद्देश्यले अमृतप्रसाद शेरचनको अध्यक्षतामा २०११ माघ २५ गते संघ स्थापना भएको थियो ।

Advertisement


यो पोखराको सबैभन्दा जेठो सामाजिक संस्था पनि हो । संघले पोखराको शैक्षिक, सामाजिक र भौतिक विकासमा समेत महत्वपूर्ण योगदान गरेको छ । यहाँका बाल मन्दिरदेखि पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालयसम्मका दर्जनौं शैक्षिक संस्था स्थापना र सञ्चालनमा सघाएको संघले महेन्द्रपुल, पोखरा सभागृह, काहुँको धरहरादेखि सिद्धार्थ राजमार्ग निर्माण पनि गरेको संघका अध्यक्ष पवनकुमार प्रजापतिले जनाए ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निरन्तर पैरवी तथा २०६९ मा रिले अनसनको नेतृत्व पनि संघले नै गरेको थियो । स्थापना दिवसको अवसरमा बिहीबार संघको सचिवालयमा झण्डोत्तोलन गरिएको छ । कार्यक्रममा संघका वर्तमान अध्यक्ष प्रजापतिसहित पूर्वअध्यक्षहरु राजेन्द्रकुमार लालचन, कृष्णमोहन श्रेष्ठ र विश्वशंकर पालिखे, वर्तमान पदाधिकारी तथा कार्यसमिति सदस्य सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया