निफ निर्णायक संयोजकमा सिए फेई
काठमाडौं ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा चलचित्र निर्देशक तथा प्रोफेसर सिए फेई निर्णायक समितिको प्रमुखमा मनोनीत भएका छन् । २ पटक बर्लिन चलचित्र महोत्सवमा पुरस्कार जित्न सफल निर्देशक फेईलाई महोत्सवमा जोड्न पाउँदा आफूहरू उत्साहित रहेको महोत्सवका अध्यक्ष केपी पाठकले सुनाए ।
‘महोत्सवमा चलचित्रतर्फको प्रमुख निर्णायकका रुपमा विश्वप्रसिद्ध निर्देशक फेईलाई जोड्न पाउनु सुखद खबर हो । हामी विश्वका चलचित्रकर्मीसँग हाम्रो चलचित्रलाई जोड्न चाहन्छौँ, सोही कारण अन्तर्राष्ट्रिय चलचित्रकर्मी यसमा जोडिनु हुन्छ’, अध्यक्ष पाठकले भने ।
बेइजिङ चलचित्र प्रतिष्ठानका पूर्वउपाध्यक्ष फेई सन् १९८० देखि प्राध्यापनमा पेशामासमेत आबद्ध छन् । यस अगाडि महोत्सवमा चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भइसकेको छ । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका छन् ।








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया