दोपहरेदेखि नुवाकोटसम्म हाइकिङ

पोखरा ।
४ वर्षदेखि जारी हाइकिङ (एक दिने पदयात्रा) को ४३ औं श्रृंखला शनिबार भयो । शनिबार बिहान हाइकिङमा सहभागीलाई पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले बिदाइ गरिन् ।
अध्यक्ष योगीले हाइकिङ अभियानले व्यक्तिको स्वास्थ्य र ग्रामीण पर्यटन प्रवद्र्धन दुवैतिर सहयोग गरेको जनाइन् । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने उद्घोषका साथ जारी हाइकिङको शनिबार शृंखलामा दोपहरेदेखि नुवकोटसम्म हाइकर्सहरु पुगेका थिए ।
हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटले हालसम्म ५ सयभन्दा बढी मानिस हाइकिङ अभियानमा सहभागी भएको जानकारी दिए । कास्की, स्याङ्जा र तनहुँ जिल्लाका ३० भन्दा बढी गाउँमा हाइकिङ भइसकेको छ । क्लबका सदस्य तथा हाइकिङ भाग ४२ संयोजक पितम सेन ठकुरीले क्लबका हरेक काम प्रविधि मैत्री भएकाले सहभागी हुन इच्छुकले अग्रीम फर्म भर्नुपर्ने जनाए ।
ट्रेकिङ गाइड सुन्दर त्रिपाठीले पदयात्रामा सहभागीले अपनाउनुपर्ने सावधानीबारे प्रकाश पार्दै कुनै समस्या आएमा प्राथमिक उपचारको व्यवस्था रहेको सुनाए ।
हाइकिङमा पहिलो पटक सहभागी नयाँबजारका पुस्तक व्यवसायी कृष्ण तिमिल्सिना, ट्रेकिङ गाइड निरमाया राना, नदीपुरका औषधि व्यवसायी राम कायस्थ, शिक्षक रश्मि सेन लगायतले कामका कारण व्यस्त रहनेहरु पनि महिनामा एक पटक हाइकिङमा जानु उचित हुने जनाए ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया