एमएम कप राष्ट्रिय यू–१६ क्रिकेट —गण्डकीको लगातार दोश्रो जितसँगै सेमिफाइनको यात्रा

समाधान संवाददाता २०८० माघ २९ गते १९:४९


पोखरा ।

Advertisement

मनमोहन मेमोरियल क्रिकेट एकेडेमीद्वारा आयोजित मनमोहन मेमोरियल कपर राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोश्रो पटक जीत निकाल्दै सेमिफाइनको यात्रा तय गरेको छ ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा गण्डकीले सोमबार कोशी विरुद्धका दोस्रो जीत निकालेको हो । सोमबार पोखरा रंगशालामा भएको खेलामा गण्डकीले कोसीलाई ४९ रनले जीत निकालेको हो । २५–२५ ओभरको खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले पुरै ओभर खेल्दै ६ विकेटको क्षतीमा १७३ रन बनायो । भने कोशीले २५ ओभरमा ९ विकेटको क्षतिमा १२४ रन मात्रै जोड्न सफल भएको हो । यसअअघि उद्घाटन खेलमा गण्डकीले कर्णालीविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।


सोमबार भएको खेलमा खेलमा रोहित चन्द म्यान अफ दि म्याच घोषित भएको छन । उनले समेत रहेका रोहित चन्दले २८ बलमा ३४ रनको योगदान दिएका थिए । सोमबार नै भएको खेलमा बागमतीले कर्णाली विरुद्धको खेल जितेको छ । बागमतीले कर्णाली विरुद्ध ४ विकेटले जित हासिल गरेको छ । कर्णाली २१।५ ओभरमा पुरै विकेट गुमाउँदै १०३ रनमा जोडेको थियो । बागमतीले जवाफी व्याटिङ गर्दै २४।१ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनाउँदै जीत निकालेको हो । यो खेलामा बागमतीका रोहित ठाकुर म्यान अफ दि म्याच घोषित भए ।

Advertisement


फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका १५ खेलहरु ९१२ लिग, २ सेमीफाइनल र १ फाइनल० संचालन हुनेछन् । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।


विजेता टिमले नगद १ लाख रुपैयाँ नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया