गण्डकी प्रदेशका मातृभाषा एकै ठाउँमा
पोखरा।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) को सन्दर्भमा आउँदो १२ गते शनिवार गण्डकी प्रदेशका विभिन्न मातृभाषाका सर्जकहरु आआफ्ना सिर्जनासाहित एकै ठाउँमा उपस्थित हुने भएका छन् ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका विभिन्न मातृभाषामा आधारित बहुभाषिक काव्य गोष्ठी गरिन लागेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।
नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्र भाषा मानेको सन्दर्भमा २०७८ को जनगणना अनुसार गण्डकी प्रदेशभित्र नेपाली, मगर, गुरुङ, नेवार, तामाङ, शेर्पा, भोटे, थकाली, धिमाल, कुमाल, भोजपुरी, शेर्पालगायत २५ भन्दा बढी मातृभाषा छन् ।
यस सन्दर्भमा गण्डकी प्रदेशभित्रका मातृभाषाहरूको भौगोलिक तथा सामाजिक स्थिति र सम्बन्ध, भाषा नीति र योजनाका विषयमा सहप्राध्यापक डा. यमनाथ तिमिल्सिनाले अनुसन्धानपत्र पनि प्रस्तुत गर्नेछन् ।
कन्या क्याम्पस पोखराको सभाहलमा बिहान ठिक ७ : ४५ बजे सुरु हुने उक्त कार्यक्रममा उपस्थित हुन प्रतिष्ठानले विभिन्न भाषामा सिर्जना आह्वान गरिसकेको छ ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया