आँटीघर भिलेजमा इन्द्रेणी साँझ हुने

पोखरा ।
आँटीघर भिलेज जंगल रिसोर्टमा इन्द्रेणी साँझ हुने भएको छ । फागुन ५ गते शनिबार दिउँसो १ बजेदेखि इन्द्रेणी साँझ हुने रिसोर्टका सञ्चालक सरोज गुरुङले बताए । इन्द्रेणी साँभमा कलाकार कृष्ण कँडेलसहितको टोली पोखरा आउनेछन् ।
पोखरा महानगरपालिका २० मा रहेको आटिघर भिलेजमा कँडेलसँग लोक गायक चोलेन्द्र पौडेल, गुरुङ फिल्म नायका तथा लोक गायक सबिना गुरुङ आउने कार्यकतालिका छ । त्यस दिन लोक गायका नबु सुवेदी, गंगा परियार, इन्द्र गुरुङ पनि आउने रिसोर्ट सञ्चालक गुरुङले बताए । उनले स्थानीय पर्यटनलाई उजागरसँगै मौजाको पर्यटन प्रवद्र्धन गर्न इन्द्रेणी साँझ गर्न लागिएको जानकारी दिए ।
पोखरा १६ निवासी गुरुङले आफ्नो पुख्यौंली थलो मौजाको ३२ रोपनी जग्गामा ५ वटा भिल्लासहितको आँटीघर भिलेज जंगल रिसोर्ट सञ्चालनमा ल्याएका छन् । उनले रिसोर्ट सञ्चालनमा ल्याएको खुसीयाली र मौजाको प्रवद्र्धन गर्न इन्द्रेणी साँझ गर्न लागिएको बताए । उनका अनुसार रिसोर्टबनाउन ७ करोड खर्च भइसकेको छ । त्यो रकम जग्गाको मुल्यांकन बाहेकको खर्च हो । ‘यो रिसोर्टले केबल आटिघरको मौलिक र अर्गानिक खानेकुरा प्रथामिकता दिन्छ,’ सञ्चालक गुरुङले भने, ‘१५ वर्ष लामो हङकङ बसाईंको कमाइ र अनुभवले रिसोर्ट खोलेको हुँ ।’

हङकङमा रहेर रात्रिकालीन व्यवसाय, जिम र रेष्टुरेन्टमा सफल भएपछि आफ्नै जन्मथलोमा व्यवसाय गर्न लागेको उनको भनाइ थियो । ‘१८ सय उचाइमा पर्ने आटिघर मौजा रिसोटबाट अन्नपूर्ण हिमाल रेञ्ज ल्याण्डस्केलमा देख्न सकिन्छ । अगाडि मनोरम हिमाल, स्वास्छ हावाका साथमा पर्यटन रमाउन सक्छन्,’ उनले भने । ३ वर्षको मेहेनत लगाएर रिसोर्ट तयार पारेको उनले बताए ।

‘हामी अर्गानीक खाना पस्कन्छौं । गाउँमा ६० घरधुरी छ । त्यहाँ उत्पादन चिज बाहेक बाहिरबाट केही मगाउँदैनौं । पर्यटकलाई अर्गानिक टेष्ट चखाएर पठाउँछौं,’ उनले भने । रिसोटमा प्रति भिल्ला एक रात बसेको ७ हजार रुपैयाँमा वीथ ब्रेकफास्ट हुन्छ । यो रकम केबल नेपालीका लागि मात्र हो ।’

रिसोर्ट पुगेपछि टेन्टमा बस्न चाहनेले टेन्टमा बस्ने सक्ने उनको भनाइ थियो । टेन्टको प्रति रात १५ सय रुपैयाँ लाग्ने उनले सुनाए । पोखरा बजारदेखि ११ किलोमिटर दूरीमा रहेको आटिघर मौजा पुग्न सकिन्छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया