पोखरा क्रियटिभ स्कुलमा अक्षरारम्भ
समाधान संवाददाता
२०८० फागुन ३ गते १२:२७

पोखरा ।
पोखरा क्रियटिभ इङ्लिस स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ गरिएको छ । पोखरा मल्टिमोडल प्रालिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले सरस्वती पूजा गर्नुका सार्थ विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
पोखरा मल्टिमोडलका प्रबन्ध सञ्चालक कृष्णप्रसाद शर्मा पूजाका मुख्य कर्ता थिए । सो अवसरमा पोखरा मल्टिमोडलका क्याम्पस प्रमुख कृष्ण केसीले बालबालिकाको पठनपाठन र अबको शैक्षिक आवश्यकतामाथि प्रकाश पारे । कार्यक्रममा सम्झना शाही, रीता प्रधानांग र सुशीला पहारी कुँइकेल, प्राचार्य आरसी शर्मा, विद्यालयका संयोजक विपिनविक्रम शाही लगायतले बोलेका थिए ।
सो अवसरमा विज्ञान प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया