चन्द्रकान्तको स्मृतिमा पुरस्कार

पोखरा ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति, साहित्यकार तथा लोक गायक पद्मराज ढकालले आफ्ना बुवा चन्द्रकान्तको स्मृतिमा शैक्षिक, समाजसेवा तथा सांस्कृतिक पुरस्कार स्थापना गरेका छन् ।
शैक्षिक तथा समाजसेवा पुरस्कारका लागि लक्ष्मी आदर्श मावि पोखरा२७ मा ४ लाख रुपैयाँको अक्षयकोष राखिएको छ भने सांस्कृतिक पुरस्कारका निम्ति लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गर्ने गरी ४ लाखकै अक्षयकोष स्थापना भएको छ । दुवै पुरस्कारको राशि समान २५ हजार छ ।
यसअघि ढकालले आफ्ना ४ एकल सांगीतिक कार्यक्रम सम्पन्न गरी बचत भएको रकममा ढकालकी बहिनी अम्बिकाले प्रदान गरेको ५० हजार थपेर ७ लाखको अक्षयकोष राखेका छन् । यस अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट अरु तीन वटा शैक्षिक पुरस्कार स्थापना गरी हरेक वर्ष प्रदान गर्ने गरिएको छ ।
लक्ष्मी आदर्श माविबाट एसइईमा प्रथम हुने छात्रलाई १० हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार, छात्रालाई १० हजारको फणीन्द्रकुमारी ढकाल शिक्षा पुरस्कार र जनज्योति मावि पोखरा २८ बाट एसइईमा प्रथम हुने विद्यार्थीलाई १० हजारको मुधुमाया ढकाल शिक्षा पुरस्कार प्रदान गर्ने गरिन्छ । चन्द्रकान्त ढकाल शैक्षिक तथा समाजसेवा पुरस्कार यसै वर्षबाट प्रदान गरिनेछ ।
हरेक वर्ष प्रदान गरिने सांस्कृतिक पुरस्कार यसअघि साहित्यकार वेदनाथ अधिकारीलाई २०७९ मा र लोक साहित्यक संरक्षण समिति पोखरा २६ लाई २०८० मा लेखनाथ जयन्तीका अवसरमा प्रदान गरिएको थियो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया