पोखरा म्याराथनको तयारी पूरा

पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । शनिबार हुने म्याराथनका तयारी सकिएको आयोजकले जनाएको हो ।
पोखरा म्याराथनका विभिन्न विधामा नेपालबाहेक १४ राष्ट्रका धावक सहभागी हुँदै छन् । मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहने जानकारी दिइयो । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १ सय २९, महिलामा २९, छात्र पाँच किमिमा ९ सय ९०, छात्रामा ४ सय ८० को जनाको सहभागिता रहनेछ । प्रतियोगितामा ३१ विदेशी धावक आउने छन् ।
म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिलातर्फ ३ विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्यान्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकको सहभागिता रहनेछ । पोल्यान्डबाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता हुनेछ ।
म्याराथनका विजेताले नगद ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वनाले ३० हजार पाउने छन् । गण्डकी प्रदेश तर्फका विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छ । महिला हाफ म्याराथनका विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउने छन् ।
१० किमी महिला तथा पुरुषतर्फका विजेताले समान ३० हजार, दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले यसपालि रुट परिवर्तन गरिएको जानकारी दिए । पोखरेली मञ्च युकेले गैर आवासीय नेपाली संघ, तमु धिं युके बगर भाइ खलक यूकेबाट संकलित रकम करिब १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे । बगर भाइ खलक युकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार दिए ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया