अर्घौ बजार व्यवस्थापनमा नयाँ समिति

समाधान संवाददाता २०८० फागुन ७ गते १२:५३

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६/२७ मा रहेको लेखनाथ अर्घौ बजार व्यवस्थापन समितिको शनिबार भएको १३ औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले बेलप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा घनश्याम ढुंगाना, सचिवमा वीरेन्द्रराज भुर्तेल, कोषाध्यक्षमा विष्णुप्रसाद लामिछाने र सहसचिवमा कल्पना रानाभाट छन् ।

Advertisement


सदस्यमा विष्णुबहादुर सुनार, सम्झना लामिछाने, दीपा पौडेल, सूर्यप्रकाश ढुगाना(एसपी), प्रकाश देवकोटा, सविता बराल, कुलप्रसाद पंगेनी र पवित्रा तिवारी छन् । कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले व्यवसायी संगठित भएर अर्घौचोकलाई व्यापारिक केन्द्र बनाउनुपर्ने जनाए ।


समितिका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शिवप्रसाद भण्डारी, शिशुवा वजार व्यवस्थापन समिति अध्यक्ष शिवराज अधिकारी, सल्लाहकार भरतकुमार अधिकारी र निर्वाचन संयोजक वासुदेव न्यौपाने लगायतले व्यवस्थित बजारको पहिचान दिन सक्नुपर्ने जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया