पोखरामा एथरको सोरुम

पोखरा ।
पोखराको नयाँ बजारस्थित अटोवेज विल्डिङमा एथर इलोक्ट्रिक स्कुटरको सोरुम खुलेको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले एथरलाई पोखरामा भित्र्याएको हो ।
शनिबार सोरुम उद्घाटन गर्दै अटोवेज विल्डिङबाट एथर शोरुम (एक्सपेरियन्स सेन्टर) र एथर स्कुटरको बिक्री सुरु भएको प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले जानकारी दिइन् । उनले अटोवेजको लामो यात्राकै क्रमा एथर जोडिन पुगेको बताइन् ।
पछिल्लो समय धेरैले रुचाएको एथरले पछिल्लो जीवन शैलीलाई बुझेर इलेक्टोनिक स्कुटर बनेको उनको भनाइ छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै चाउथेमा सर्भिस सेन्टर स्थापना भइरहेको निर्देशक पौडेलले जानकारी दिइन् ।
‘सर्भिस सेन्टर निर्माण कार्य भइरहेको छ । १ महिनाभित्र तयार हुन्छ,’ उनले भनिन् । एथर पोखरामा अहिले ३ वटा मोडलमा उपलब्ध छ । एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरका २ ब्याट्री छन् ।
एथर ‘४५० एक्स’ अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टिएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । भारतीय बजारमा छोटो समयमै चर्चित बनेको एथर नेपालमा पनि ग्राहकको रोजाइमा पर्न अटोवेजको अपेक्षा छ ।
एथर स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जी झम्सिखेलमा छ । झम्सिखेलको सोरूमलगत्तै पोखरामा पनि एथरको सोरूम (एक्सपेरियन्स सेन्टर) सञ्चालनमा ल्याइएको निर्देशक पौडेलले बताइन् । सोरूमसँगै फास्ट चार्जरसमेत यहाँ राखिएको छ ।









पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया