बेपत्ता युवक खोज्न सेती बाँध खोलिने
पोखरा ।
पोखराको सेती नदीमा फागुन १३ गते आइतबार राति माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको खोजी गर्न सेतीको बाँध खोलिने भएको छ । आइतबार राति बेपत्ता भएका ४३ वर्षीय मानबहादुर तामाङ अझै भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बेपत्ता मानबहादुरको खोजीका लागि बाँध खोलिन लागेको जानकारी दिए । बाँध खोली खोजी गरिदिन अनुरोध आएकाले फागुन १७ गते बिहीबार बिहान ८ बजे पोखरा–१६, दीपमा रहेको ड्याम खोलिने भएको हो ।
ड्याम खोल्दा नदीको सतह बढ्ने भएकाले नदी वरिपरि काम गर्दा र आवतजावत गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । आइतबार राति बेपत्ता भएका २ जनामध्ये एक जनाको शव सोमबार बिहान फेला परेको थियो ।
आइतबार राति पौने १० बजेतिर पोखरा महानगरपालिका वडा नम्बर १७ र १५ को बिचमा पर्ने सेतीको खोंचमा माछा मार्न गएका दुई जना चिप्लिएर बेपत्ता भएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टिमले सोमबार पोखरा–१, कसेरीका ४० वर्षीय मंगा तामाङको शव ढुंगामा अड्किएको भेट्टाएको थियो । माछा मार्न गएका ५ जनामध्ये तीन जना सकुशल छन् ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया