ओटेफको साधारणसभामा पाण्डे सम्मानित

समाधान संवाददाता २०८० फागुन १७ गते १२:३९

पोखरा ।
पोखराका पत्रकार घनश्याम पाण्डे सम्मानित भएका छन् । महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ)ले छैटौं साधारणसभामा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाण्डेलाई नगदसहित उनलाई सम्मान गरेका हुन् ।

Advertisement


पत्रकारिताको माध्यमबाट पर्यटन विकासमा योगदान गरेकोमा उनलाई सम्मान गरिएको हो । २ दशकदेखि पत्रकारितामा क्रियाशील पाण्डे अहिले पोखरा टेलिभिजनमा आवद्ध छन् ।


कार्यक्रममा महानगरका प्रमुख आचार्यले गण्डकी प्रदेशको राजधानीसमेत रहेको देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरालार्ई पर्यटकीय राजधानी घोषणाको तयारी गरिएको बताए आगामी चैत पहिलो साताभित्र भव्य समारोहका बीचमा पर्यटकीय राजधानी घोषणा गरिने उनले जानकारी दिए । महानगर प्रमुख आचार्यले धेरै लामो छलफल र अध्ययनपछि राजधानी घोषणा गर्ने ठाउँमा पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा घोषणा कार्यक्रम गर्ने योजना सुनाए ।

Advertisement


ओटेफका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षातामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नवीन पोखरेल, पर्यटन व्यवसायी वासु त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, अध्यक्ष उमा रेग्मी भण्डारी, निर्वतमान अध्यक्ष पार्वती पाण्डे, सचिव बालकुमारी न्यौपाने लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया