‘जलवायु परिवर्तन र स्रोत विनाशको मार महिला र सीमान्तकृतमा बढी’

पोखरा ।
कास्कीको माछापुच्छे गाउँपालिकामा प्राकृतिक स्रोत व्यवस्थापनमा महिला तथा सीमान्तकृत वर्गको सवाल र सम्बोधनका उपायमाथि छलफल भएको छ । युएसएआइडी जल जंगलको आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले यसबाट परेका असर र समस्यामाथि छलफल गर्दै समाधानका उपायहरु पनि सुझाए ।
युएसएआइडी जल जंगलका सिनियर जेसी अधिकृत सुनीलकुमार चौधरीले प्राकृतिक स्रोतको विनाश, वातावरण परिवर्तन जस्ता कारणले सबैभन्दा बढी महिला र सीमान्तकृत वर्ग, ग्रामीण समुदाय पीडित भएको औंल्याए । उनले कास्कीको माछापुच्छ्रेमा जलवायु परिवर्तनका केही असर देखिएको औंल्याउँदै त्यसले कृषि र मानिसको जीविकोपार्जनमा प्रभाव पारेको उल्लेख गरे ।
कार्यक्रममा सरोकारवालाले चार समूहमा समूहगत छलफल गरेका थिए । उनीहरुले त्यहाँ समस्या र समाधानका उपायहरुबारे बिमर्श गरे । उनीहरुले कृषिको विकल्पमा स्थानीयको पेशा पर्यटन भएको जनाउँदै पर्यटनका पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन सूचना केन्द्र आवश्यक भएकोमा जोड दिए । समूहगत रुपमा भएको छलफलका सहभागीहरुले जलवायु परिवर्तन, यसबाट मानव जीवनमा परेका असर र अनुकूलनका उपायहरुबारे पनि विमर्श गरेका थिए ।
लैंगिक समतामूलक र सामाजिक समावेशिकरणको महत्वबारे पनि जनचेतना जगाउनुपर्नेमा उनीहरुको जोड छ । सहभागीहरुले पछिल्लो क्रममा प्राकृतिक स्रोतमा आएको परिवर्तनले महिला तथा सीमान्तकृत वर्गको जीविकोपार्जनमा कठिनाइ थपिँदै गएको जनाउँदै त्यसलाई हटाउन सरोकारवालालाई प्रभावकारी कदम चाल्नसमेत आग्रह गरेका छन् ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले प्राकृतिक स्रोत, साधनको उपयोगबिना समृृद्धि हाँसिल नहुने जनाउँदै सम्पदाहरुको कानुनसम्मत र विवेकपूर्ण उपयोग गरिनुपर्नेमा जोड दिइन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पालिकाका प्राकृति स्रोत साधन, तीनको उपभोग र सम्भवनाबारे प्रकाश पारेका थिए । समारोहमा युएसएआइडी जल जंगल पोखरा प्रमुख मानबहादुर विकले संस्थाले गर्ने काम र कार्यक्षेत्रबारे सहभागीका जिज्ञासाको समाधान गरेका थिए ।
कार्यक्रममा माछापुच्छ्रे वडा नम्बर ५ का अध्यक्ष एवं विपद् व्यवस्थापन समितिको सदस्य नारायण पौडेलको अध्यक्षतमा भएको थियो ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया