अस्ट्रेलियाली पर्वतारोहीले अन्नपूर्ण आरोहण गर्ने
काठमाडौं ।
अस्ट्रेलियाली पर्वतारोही एली पेपरले बिनाअक्सिजन अन्नपूर्ण हिमाल आरोहण गर्ने भएकी छन् । काठमाडौँमा हालै आयोजित पत्रकार सम्मेलनमा पेपरले विश्वको १०औँ अग्लो (८,०९१ मिटर) उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेकी बताइन् । उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् ।
उनले अक्सिजनको प्रयोग नगरी यही वसन्त ऋतुमा अन्नपूर्ण–१ हिमाल आरोहण गर्न लागेकी हुन् । सन् २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल बिनाअक्सिजन आरोहण गर्ने पूर्वगाइडसमेत रहेकी एलीको लक्ष्य छ ।
४८ वर्षीया पेपरले महिलालाई आफ्नै चुनौती पार गर्दै त्यसलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु,’ उनले भनिन् । यो वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ सहित अन्य तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन् ।








गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया