रेखाले कोरिदिइन् अपांगको भविष्य

मोहसिन अली मियाँ
गोरखा
सामाजिक सञ्जालमार्फत अभियान चलाएर रेखा तामाङले फुजलेका अपांग परिवारको घर निर्माण गरिदिएकी छन् । गण्डकी गाउँपालिका ३ फुजेल याङ्दीको एक भुजेल परिवारका लागि उनले फेसबुक अभियानबाटै रकम संकलन गरेर भूकम्पप्रतिरोधी घर निर्माण गरिदिएकी हुन् ।
जन्मैदेखि अपांग दलबहादुर भुजेलको परिवारलाई सुरक्षित घरमा राख्ने उद्देश्यका साथ अभियान्ता तामाङले घर निर्माण अभियान चलाएकी थिइन् । ‘जब मैले उहाँको अवस्था दयनीय रहेको थाहा पाएँ, सबैलाई सहयोगका लागि आग्रह गरें,’ उनले भनिन्, ‘आज जिन्दगीको एउटा सपना पूरा भएको छ । उहाँहरुले सुरक्षित घर पाउनुभएको छ ।’
घर निर्माणका लागि तामाङले २०७४ पुस ४ गतेबाट सामाजिक सञ्जालमा आर्थिक संकलन अभियान सुरु गरेकी थिइन् । अभियानमार्फत १२ लाख २७ हजार ४ सय ९१ रुपैयाँ संकलन भएको थियो । उक्त रकममध्ये १० लाख ८५ हजार ४ सय ९४ रुपैयाँ घर निर्माण निर्माणमा खर्च भएको छ । बाँकी १ लाख ४१ हजार ९ सय ९७ रुपैयाँमा ५० हजार गाउँपालिकाले थप गरी कुल १ लाख ९१ हजार ९ सय ९७ रुपैयाँ स्थानीय सहकारीमा अक्षयकोषका रुपमा जम्मा गरिदिएको उनले जानकारी दिइन् ।
‘घर निर्माणमा खर्च भएकोबाट बाँकी रहेको रकम गाउँपालिकाका जनप्रतिनिधिको रोहवरमा स्थानीय सहकारीमा जम्मा गरिदिएका छांै’, तामाङले भनिन्, ‘बैंकसम्म जान सक्ने अवस्था उहाँहरुको छैन, जसले घरमै ब्याज पु¥याउन जान्छ, त्यै सहकारीमा राख्ने भनेर गाउँकै सहकारीमा राखेका हौं ।’ उक्त रकमको ब्याजबाट उनीहरुको दैनिकीसमेत सहज हुने उनले विश्वास गरेकी छन् ।
तामाङले यो अभियान सञ्चालनकै क्रममा भुजेलका बुबा दलबहादुर र छोरी देवीमाया भुजेलको मृत्यु भइसकेको छ । रामबहादुर भुजेल र चंख भुजेल दाजुभाइ अहिले यो घरमा बस्छन् । देश विदेशबाट संकलन भएको रकमले निर्माण गरिएको अपांगतामैत्री घर एक कार्यक्रमका भुजेलबीच परिवारलाई हस्तान्तरण गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य चूडामणि खड्काले उनीहरुलाई घर हस्तान्तरण गरेका थिए ।
भुजेल सेवा समाजका केन्द्रीय अध्यक्ष लोक भुजेल, नेपाल आदिवासी जनजाति महासंघ तनहुँ अध्यक्ष वसुन्धरा घर्ती, अमियान्ता तमाङ लगायतले कार्यक्रममा बोलेका थिए । सोही अवसरमा नेपाल भुजेल सेवा समिति पूर्व अध्यक्ष वसन्त भुजेलले उनीहरुलाई सहयोगीको रुपमा १ जना व्यक्ति राख्न १ वर्षका लागि मासिक ५ हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया