लुंखुदेउरालीमा सौर्य बत्ती

रामकृष्ण लामिछाने
पर्वत
महाशिलागाउँपालिका ५ लुँखुदेउरालीका विभिन्न स्थानमा सौर्य बत्ती जडान गरिएको छ । पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटनाहरु नहोउन् भन्ने उद्देश्यले महाशिला गाउँपालिकाको आर्थिक सहयोगमा सौर्य सडक वत्ती जडान गरिएको वडाध्यक्ष जीवन ठकुरीले बताए ।
एउटा सौर्य बत्ती बत्तीले ५० मिटर वरपर उज्यालो दिने बताइएको छ । लुंखुदेउरालीको एकपाटेमा रहेको वडा कार्यालय, स्वास्थ्यचौकी, महेन्द्रज्योति मावि, प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल महाशिला, मिलनचोक–देउराली पदमार्गको प्रतीक्षालय लगायत सार्वजनिक ठाउँमा सौर्य बत्ती राखिएको हो ।
गाउँपालिकाको झण्डै ५ लाख रुपैयाँ लागतमा बत्ती जडान गरेपछि धार्मिक एवं पर्यटकीय हिसाबले पनि अझै सहज हुने भएको छ ।
एसियाकै ठूलो महाशिला, धुवाँकोट, चिसापानी, विभिन्न गुफा तथा गुम्बा र स्थानीय समुदायको संस्कृति यस क्षेत्रका मुख्य पर्यटकीय आकर्षण हुन् । यस अघि पर्वतको सदरमुकाम कुश्मा, डिमुवा, वारिबेनी लगायत बजार क्षेत्रमा पनि सौर्य बत्ती जडान गरिएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया