बाढी-पहिरोले मुस्ताङकाे यात्रामा सकस

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सास्ती भोग्दै पर्यटक
तस्विरः समाधान
समाधान संवाददाता
मुस्ताङ
वर्खा लागेपछि मुस्ताङ घुम्न आउने घटेका छन् । कालिगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्डका दर्जनौं स्थानमा बाढी, पहिरो जान थालेपछि मुस्ताङ यात्रा कठिन बनेको आयोजनाका सुपरभाइजर इन्द्रसिह शेरचनले बताए ।
बन्दै गरेको सडकको म्याग्दी खण्डमा एक सातादेखि पहिरो जाने क्रम रोएिको छैन । शाखा नदीहरुको बाढी र पहिरोले मुस्ताङतर्फ आउजाउ गर्ने सवारी साधन तथा यात्रु घण्टौं जाममा पर्ने गरेका छन् । मंगलबार दिउसो१२ बजेदेखि अवरुद्ध अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरको करिब १ किलोमिटर सडकको पहिरो बुधबार पन्छयाइएको छ । करिडोर सडकको डोजरले पहिरो पन्छ्याएपछि सडक चालु भएको सुपरभाइजर शेरचनले बताए ।
काभ्रेभीरमा पहिरो पन्छ्याए पनि म्याग्दीकै रघुगंगा गाउँपालिका २ बैसरीमा भने सवारी आउजाउ गर्न समस्या छ । गत बर्ष बैसरीमा गएको पहिरो गएकै ठाउँमा लेदो जमेर सडक हिलाम्मे हुँदा यहाँ सवारी फस्ने गरेका छन् । बेनी–जोमसोम सडककै म्याग्दी खण्डको अन्नपूर्ण गाउँपालिका ३ रुप्से झरनाको जलथलेमा पनि पहिरो गएको थियो ।
ठाउँ ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाउँदा मुस्ताङ जाने यात्रु निर्धारित समयमा गन्तव्य पुग्न नसक्ने अवस्था बनेको हो । बर्खायामको समयमा म्याग्दी खण्डमा बढी मात्रामा वर्षा हुने र निर्माणधीन करिडोर सडकको मेसिनले सडक माथिको धरातल कमजोर बनाएकाले पहिरो जाने क्रम बढेको हो । म्याग्दी खण्डमा नियमित पहिरो र बाढी आए पनि आयोजनाको डोजरले सडक निरन्तर सडक खुलाइरहेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।
वर्खा लागेपछि सुनसान
वर्षात लागेपछि मुस्ताङसुनसान बनेको छ । मानो खाएर मुरी उब्जाउने समयमा जताततै सडक अवरुद्ध हुन्छ । जिल्ला ट्राफिक कार्यालय मुस्ताङका सई दीनानाथ शर्माले मुस्ताङमा सवारी साधनको चाप कम हुँदै गएको बताए । उनले दैनिक साना ठूला गरी १० देखि १५ वटासम्म गाडी भित्रिने गरेको जानकारी दिए । वैशाखदेखि जेठसम्म र भदौदेखि कार्तिकसम्म दैनिक सयौं सवारी मुस्ताङ आउजाउ गर्छन् ।
मौसम प्रतिकूल हुँदा पोखरा–जोमसोम हवाई सेवासमेत नियमित हुन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए । उनले विस्तारै हवाइ उडानसमेत न्यून हुँदै गएको बताए ।








राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया