मृत्युको आयु बजारमा

समाधान संवाददाता, काठमाडौं
जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका सशक्त हस्ताक्षर रवीन्द्र समीरको नयाँ कृति मृत्युको आयु बजारमा आएको छ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले भने, ‘एउटा खास किसिमको फम्र्याटमा आइरहेको नेपाली आख्यान क्षेत्रमा मृत्युको आयु फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको छ ।’ स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताए । ‘खाडी मुलकबाट वार्षिक सयौंको संख्यामा रातो बाकस नेपाल आउँछन्,’ उनले भने, ‘ती रातो बाकसमा उनीहरुको जीवनसँगै सपना र रहर पनि मृत भएर आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्व गर्ने एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो ।’
त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले वैदेशिक रोजगारीमा गएर आकस्मिक मृत्युवरण गर्नेहरुको दारुणिक कथा मृत्युको आयुमा भेटिने सुनाए । ‘मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी छ !,’ उनले भने ।
लेखक समीरले लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताए । ‘यसका एक सय ६६ लघुकथा आफैंमा स्वतन्त्र छन् । यिनबाट बनेको सिक्री उपन्यास पनि आफैमा स्वतन्त्र छ, फूल र माला जस्तै,’ उनले भने ।
समीरका आठ ओटा लघुकथा संग्रह, एकएक ओटा मुस्तक संग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । मृत्युको आयु उनको बाह्रौं साहित्यिक कृति हो । उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका व्यक्तिको मृत्युपश्चात् त्यस व्यक्तिको आत्माको दृष्टिकोणबाट लेखिएको यो कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा सुन्दर रुपमा प्रस्तुत गरेको छ । कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर लेखकले उपन्यास बनाएका छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया