जोमसोममा असुरक्षित २ सय केजी मासु नष्ट

समाधान संम्वाददाता, मुस्ताङ
मुस्ताङको जोमसोममा असुरक्षित रुपमा ढुवानी गरिएको भन्दै प्रहरीले शुक्रबार २ सय केजी बोईलर कुखुराको मासु नियन्त्रणमा लिएको छ ।
पोखराबाट ना ७ ख १४९५ नम्बरको जोमसोम आउने बसको छत माथि राखेर ल्याईएको कुखुराको मासु जोमसोम स्थित काठेपुल नजिक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । मासु धनी प्रहरी सम्र्पकमा नआएपनि बिलमा उल्लेख भए अनुसार मासु राम तामाङको भएको उनले बताए ।
सूचना अधिकारी रेग्मीका अनुसार मासुजन्य पदार्थ बस र जीप मार्फत ढुवानी गर्दा आईस बक्स जस्ता सुरक्षित भाडोमा राखेर आयात गर्नुपर्ने बताए । ६ वटा चिनीको सेतो बोरामा राखेर ल्याएको उक्त असुरक्षित मासु करिव ६० हजार मुल्यको छ । प्रहरीले असुरक्षित रुपमा ओसार पोसार गरिएको मासुको अनुसन्धान गरेको छ ।
नियन्त्रणमा लिईएको उक्त मासु गाउपालिका , प्रहरी र पत्रकारको रोहबरमा सुरक्षित स्थानमा खाल्डो खनी नष्ट गरिने सूचना अधिकारी रेग्मीले जनाए । मुस्ताङ प्रहरीले २ महिना अघि पनि यस्तै असुरक्षित रुपमा ल्याईएको भन्दै ४ सय केजी बोईलर कुखुराको मासु नियन्त्रणमा लिएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया