प्रजातान्त्रिक प्राध्यापकको अन्तक्र्रिया

पोखरा ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, पृथ्वीनारायण क्याम्पस एकाइ समितिको आयोजनामा ‘समसामयिक राजनीतिक अवस्थामा प्राध्यापकको भूमिका’ विषयक अन्तक्र्रिया भएको छ ।
प्रमुख वक्ता वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले वर्तमान सत्ता गठबन्धनको धरातलीय यथार्थ, विदेशी शक्ति केन्द्रको स्वार्थ, देशभित्रको परिस्थिति लगायत विभिन्न आयामबारे गहिरो चिरफार गरेका थिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय सचिव डा. विष्णु पोखरेलले विश्वविद्यालयको बर्तमान स्थिति, खुला प्रतिस्पर्धाको नाममा गरिएका अवान्छित चलखेल लगायत विभिन्न पक्षबारे चर्चा गरेका थिए ।
अन्तक्र्रियामा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कमलप्रसाद सापकोटा, प्राडा कुसुमाकर न्यौपानेलगायतले बोलेका थिए । संघका अध्यक्ष देवीलाल शर्मा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मदनप्रसाद बरालले गरेका थिए ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस र विन्दवासिनी संस्कृत क्याम्पसका करिब ४० जना प्राध्यापक सहभागी रहेको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया