अधिकारी सरकारलाई राप्रपाको पनि साथ !
समर्थन गर्ने नगर्ने निर्णय भैसकेको छैन, केन्द्रले जे भन्छ त्यही गर्छु–पञ्चराम

पोखरा ।
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई वैधानिकता प्रदान गरेपछि अधिकारी सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्की प्रदेश सभाले पनि साथ दिन सकारात्मक देखिएको छ । यद्यपी अहिलेसम्म कुनै निर्णय गरेको छैन् ।
केही सञ्चार माध्यममा अधिकारी सरकारलाई राप्रपाको साथ भनेर समाचार आएपछि समाधानसँग कुरा गर्दै राप्रपा गण्डकी प्रदेश सभा संसदीय दलका नेता पञ्चराम तमुले कसैलाई साथ दिने नदिने निर्णय भैनसकेको बताए ।
राप्रपा प्रदेश सभाका नेता पञ्चराम तमु सरकारमा सहभागी हुन सकारात्क छन् । तर राप्रपा केन्द्रले सरकारमा सहभागी हुन निर्देशन दिएको छैन् । केन्द्रले निर्णय नगर्दासम्म सरकारलाई समर्थन वा विरोध के गर्ने भन्ने निर्णय गर्न नसकिने उनले बताएका छन् ।
राप्रपाले साथ नदिए पनि गण्डकीमा अधिकारी सरकारले नै निरन्तरता पाउने भएपछि राप्रपा गण्डकी दवावमा परेको छ । राप्रपाबिना अधिकारी सरकारले विश्वासकाे मत नपाउने परिस्थिति बनेको भए राप्रपा मुख्यमन्त्री कै दावी गर्ने मनस्थितिमा समेत रहेको श्रोतको दावी छ ।
यसअघि सरकारको बहुमतका लागि सभामुख बाहेक ३१ जना सांसद आवश्यक पर्ने बुझाइ रहेको भए पनि खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाे विरुद्ध परेको रिट खारेज गर्दै सभामुख बाहेक ५९ सदस्यीय प्रदेश सभाका ३० सदस्य बहुमतको संख्या भएको फैसला गरेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले अधिकारीको नियुक्ति गैरसंवैधानिक भन्दै दायर गरेको रिट सर्वोच्चले खारेज मात्र गरिदिएन सभामुख बाहेक ३० सांसदको समर्थन प्राप्त अधिकारीले विश्वासको मत पाउने समेत बाटो खोली दियो । अन्यथा राप्रपाको सहयोग बिना अधिकारी सरकारले विश्वासको मत पाउने नै थिएन ।
राप्रपाको केन्द्रीय समितिको बैठकमा सहभागी बन्न काठमाण्डु जान लागेका पञ्चरामले राजधानीमा गण्डकीको सरकारलाई समर्थन गर्ने की विपक्षमा बस्ने भन्ने बारेमा भने छलफल गर्ने बताएका छन् ।
जसले हाम्रा मागलाई समर्थन गर्छ उनीलाई साथ दिन्छाै भन्दै तमुले गण्डकीका बारेमा केन्द्रले पनि कुनै निर्णय गरिनसकेको दावी गरे । म केन्द्रीय समितिको बैठकमा भाग लिन जान लागेको हुँ, पोखरा विमानस्थलमै छु अन्यथा केही होईन– पञ्चरामले समाधानसँग भने ।









स्याङ्जामा अभिभावक शिक्षा
कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया