सहारा उत्कृष्ट खेल क्लब

पोखरा ।
आठौँ पोखरा स्पोर्टस अवार्ड २०८० मा वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले पाउने भएको छ । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न बनेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले बताए ।
सहारा २०५५ मा भएको हो । क्लबले २०५७ मा सहारा कप क्लब स्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । २०५८ मा ड्रिम प्रोजेक्टका रुपमा फुटबल एकेडेमी सञ्चालन गर्यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरी २०६९ मा फुटबल मैदानसँगै भवन बनाएको छ ।
अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आएको छ । क्लबले २०५७ देखि सहारा बाल प्राथमिक विद्यालयलाई प्रावि तहका एक शिक्षकलाई तलब दिदै आएको छ ।
२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रित आहा रारा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया