महेन्द्र मावि घार्मीको वार्षिकोत्सव

पोखरा ।
पोखरा १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयले ३४ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ।
पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक संस्थाहरूले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको संख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय बनेको भन्दै विद्यार्थीको आर्कषण बढाउने तर्फ व्यवस्थापन समितिले कार्ययोजना बनाएर अगाडि बढ्न सुझाव दिए ।
पुर्व वडाध्यक्ष शोभामोहन पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका वर्ष उत्कृष्ट शिक्षकको रूपमा लक्ष्मी अधिकारी, दिएमा दुवे र चियरमेन अर्वाडबाट शिक्षक रमेश आचार्य सम्मानित भए । विद्यालयका संस्थापक प्रधानाध्यापक भोलानाथ पौडेललाई प्रमुख अतिथि पाण्डेले सम्मान गरे ।
कार्यक्रममा शिक्षासेवी शान्तिरमण पौडेल, महेश्वर पौडेल, युवा नेता अर्जुन अधिकारी, शिक्षक सुर्यराज घिमिरे, शरद् सापकोटा, रत्ना विश्वकर्मा, विद्यार्थी हेमन्त भुजेल लगायतकाले घार्मीको शैक्षिक उन्नयनमा विद्यालयले खेलेको भूमिकाको प्रशंशा गरेका थिए।
विद्यालयका प्रअ बासुदेव पौडेलले वार्षिक प्रतिवेदन पेश गरे । कार्यक्रममा वडा नं १९ का सचिव सुजन शर्मालाई स्वागत गरिएको थियाे । शैक्षिक, खेलकुद र छात्रवृत्ति समेत वितरण गरिएको कार्यक्रममा विद्यार्थीले गित तथा नृत्य प्रस्तुत गरेका थिए।
शिक्षक रत्ना विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह प्रधानाध्यापक नन्दराज दाहालले गरेका थिए ।









कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जिबी डेटा
निर्वाचन आउन ५३ दिन बाँकीः सामाजिक सञ्जालमा एआईको प्रयोग गरी दुष्प्रचार गर्न नपाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया