भट्टराईको उपन्यास शान्ति लोकार्पण

पोखरा ।
नरहरि भट्टराईद्वारा लिखित उपन्यास ‘शान्ति’ लोकार्पण भएको छ । शनिबार शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले आयोजना गरेको कार्यक्रममा संस्कृतिकर्मी प्राडा कुसमाकर न्यौपानेले उपन्यास लोकार्पण गरे ।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ संरक्षक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, सल्लाहाकार कुलबहादुर खत्री, प्रतिष्ठानका गीता भण्डारी लगायतले शुभकामना व्यक्त गरे । कृतिको समालोचना डा श्रीधर न्यौपानेले गरे । प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा साहित्यकार रामप्रसाद पौडेल घर्मेलीले स्रष्टाको परिचय दिए ।
प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँको सञ्चालन रहेको कार्यक्रममा स्रष्टा नरहरि भट्टराई तथा उनकी जीवनसाथी ज्ञानु भट्टराईलाई सम्मान गरिएको थियो । भट्टराईका यसअघि पनि कविता संग्रह सहित विभिन्न कृति प्रकाशित भइसकेका छन् ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया