प्रकाश दवाडीले तलबभन्दा बढी सेवामा खर्च गर्ने

समाधान संवाददाता
गण्डकी प्रदेश सभाका सांसदले गत वर्ष माघ ७ गते सपथ ग्रहण गरे । सपथ ग्रहणकै क्रममा गोरखा क्षेत्र नम्बर २ (ख) बाट विजयी सांसदमा भएका प्रकाश दवाडीले पत्रकारसँग कुरा गर्दै घोषणा गरेका थिए, ‘राज्यको तर्फबाट पाउने सबै सेवासुविधा मेरो चुनावी क्षेत्रमा खर्च गर्नेछु ।’ सोमबारमात्रै गण्डकी प्रदेश सभाका सदस्यले सपथ ग्रहण गरेको एक वर्ष भयो ।
मंगलबार हातमा बैंक स्टेटमेन्ट लिएर सांसद दवाडी पुन पत्रकारसँग गफिए र भने, ‘मैले वाचा पूरा गरें । मैले सुविधामा पाएको सबै तलबभत्ता जनताको सेवामा खर्च गरें ।’ उनले विभिन्न किस्तामा सरकारका तर्फबाट पाएको तलब तथा भत्ता ७ लाख ३० हजार रुपैयाँ जनताको सेवामा खर्च गरेको दाबी गरेका हुन् ।
दवाडीको एभ्रेस्ट बैंकमा रहेको खातामा आएको सम्पूर्ण तबल तथा भत्ता सामाजिक सेवा मुलक काममा खर्च गरेको दाबी गरेका छन् । उनले भने, ‘कतिपय ठाउँमा नगद नै दिएको छु । तर धेरै ठाउँमा मेरो वाचा पूरा गर्न बैंकबाटै कारोबार गरेको छु ।’ उनले एक वर्षमा सरकारले दिएको रकमसहित गरेर १२ लाख बराबर सामाजिक सेवामा खर्च गरेको बताएका छन् ।
‘लगानी मैले क्लब र आमा समूहहरुलाई गरेको छु,’ दवाडीले भने, ‘स्कुल तथा अन्य स्वास्थ्यमा पनि सहयोग गरेको छु ।’ आफू जुन ठाउँमा जाँदा पनि अभावमात्रै देख्ने हुनाले सहयोग गर्ने भाव जागृत हुने उनले सुनाए । जनताको सेवा गर्न जनप्रतिनिधि बनेको आफू सरकारी सेवाबाट व्यक्तिगत खर्च गराउनु मनासिव नभएको उनले बताए ।
अधिकार केन्द्र र प्रदेशमा, कर लिन कोठाकोठामा
संसद दवाडीले अधिकार जति सबै केन्द्र र प्रदेश आफूले राख्ने तर कर उठान स्थानीय तहको कोठाकोठामा पुग्ने गरेको आरोप लगाएका छन् । उनले जनतालाई सुविधा नदिइकनै कर उठाइरहेको बताए । उनले भने, ‘बाह्य मुलुकमा पहिले आम्दानीको बाटो देखाएर मात्रै कर उठाउँछ । तर यहाँ ठीक उल्टो छ ।’
दवाडीले असारमा अन्त्य हुने आर्थिक वर्ष पनि वैशाखमै सक्नुपर्ने सरकारलाई सुझाव दिएका छन् । असारसम्म कामको चाँप हुने र असारे विकास नराम्रो हुने तर वैशाखबाटै काम सुरु भएमा समयमै सकिने उनको भनाइ थियो । ‘असारमा हतारमा काम हुन्छ । साउन भदौतिर पखाल्दा खाली हुन्छ,’ उनले भने ।
सरकारले अर्बौंको बजेट भएर पनि कार्यान्वयन गर्न कुनै योजना नबनाउँदा फ्रिज हुने सम्भावना बढेको दवाडीले आरोप लगाए । ‘प्रदेशको बजेट २४ अर्ब भनेका छौं । तर त्यसलाई कार्यान्वयन गर्न कुनै योजना बनाएका छैनौं,’ उनले भने । उनले आफूले जे सोचेर राजनीतिमा आएको विपरित हुँदा दुख लागिरहेको सुनाए ।









खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया