पोखराको प्राइम सहकारीको डेढ अर्ब अपचलन आरोपमा ८ जना पक्राउ

पोखरा ।
गैह्रापाटनस्थित सञ्चालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना तथा अपचलन गरेको भन्ने सहकारी रजिस्ट्रार कार्यालय गण्डकीको पत्र प्राप्त गरेपछि सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी गरी ८ जनालाई मंगलबार पक्रेको हो ।

यसअघि कास्की प्रहरीले सहकारीका बचतकर्तालाई उजुरीको आह्वान गरेको थियो । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो । त्यसपछि नै प्रहरीले सूचना गरेको हो । आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीको आह्वान छ ।
सहकारी पदाधिकारी तथा सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको गुनासो सुनिएको थियो । प्रहरीले जेठको २० गतेभित्र उजुरी दिन भनेको छ । प्राइम सहकारीमा कति बचतकर्ताको कति रकम हिनामिना भएको हो भन्नेचाहिँ खुलिसकेको छैन ।
‘सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ,’ प्रहरीको सूचनामा भनिएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया