कक्षा ११ र १२ का बिहानी कक्षा बन्द गर्न माग

समाधान संवाददाता
पोखरा
पाठ्भार नपुग्ने भन्दै अभिभावकले विद्यालय शिक्षाको कक्षा ११ र १२ का बिहानी कक्षा बन्द गर्न माग गरेका छन् । उनीहरुले विद्यालयहरुले ६ घण्टाको विद्यालय समयलाई ३ घण्टा ४५ मिनेटमै सिफ्ट पूरा गर्ने गरेको दावीसमेत गरे ।
संयुक्त अभिभावक संघर्ष समिति कास्की संयोजक यमनाथ सापकोटाले १ देखि १२ कक्षासम्मका विषय बिहानीमा पढाउँदा पाठ्भार नपुग्ने भएकाले अविलम्ब बन्द गरी दिवा कक्षा चलाउने व्यवस्था गर्न माग गरे । उनले शिक्षा ऐन २०२८ को नवाैं संशोधनले भौतिक पूर्वाधार र जनशक्तिसम्बन्धी नियममा प्रष्ट रुपमा २ सिफ्ट सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था गरेको जनाए ।
‘भौतिक पूर्वाधार र जनशक्तिको अभाव भएमा पाठ्भार नघट्ने गरी बिहानी कक्षा चलाउन पाउने व्यवस्थालाई धेरै विद्यालयले दुरुपयोग गरेका छन्,’ संयोजक सापकोटाले भने, ‘कक्षा १ देखि १२ सम्मको माध्यमिक शिक्षाका सबै कक्षालाई बिहानी र दिउसोको नगरी एकरुपता ल्याउन आवश्यक छ ।’ संयोजक सापकोटाले माध्यमिक शिक्षाको बिहानी कक्षालाई हटाएर दिउँसोमा मात्र कायम गर्दा शिक्षकहरु चारैतिर पढाउन जान नसक्ने भएकाले शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुग्ने दावीसमेत गरे ।
विद्यालय समय विज्ञान संकायको ७ घण्टा र अन्य संकायको न्यूनतम ६ घण्टा लागु गर्नुपर्ने उल्लेख गर्दै संयोजक सापकोटाले हरेक पिरियड पाठ्यक्रममा व्यवस्था भए बमोजिम १ घण्टाको बनाउन माग गरे । शिक्षा ऐनले विद्यालय न्यूनतम २ सय २ ०दिन खुल्नु पर्ने र १ सय ९२ दिन पढाइ हुनुपर्ने व्यवस्था गरेको छ । १ देखि १० सम्मको कक्षा र ११ र १२ कक्षाको शैक्षिक सत्रको सुरुवात एउटै समयमा नभएको उल्लेख गर्दै संयोजक सापकोटाले कक्षा ११ र १२ को शैक्षिक सत्र १ सय ८० दिनको रहने बताए ।
साविक उच्च माध्यमिक शिक्षा परिषदको पाठ्यक्रम र प्रशिक्षण महाशाखाले व्यवस्थापन, मानविकी, शिक्षा र कानुनको विषय दैनिक १ घण्टा, साप्ताहिक ६ घण्टा र वार्षिक १ सय ५० घण्टा र विज्ञान संकायमा प्रयोगात्मक कक्षा हुने भएकाले दैनिक थप १ घण्टा शिक्षण गर्नुपर्ने व्यवस्था भएको जानकारी दिदै संयोजक सापकोटाले विद्यालयहरुले पाठ्यभार घटाउन नपाउने व्यवस्थालाई लुकाएर साढे ३ देखि ४ घण्टा पढाएको दावी गरे ।
उनले अहिलेका लागि थोरैले सबै अभिभावकको साझा मुद्दा उठाएकाले अभियान वृहत हुुँदै जाने दावी गरे । उनले अभिभावक संघ लगायतका सरोकारवालाको समन्वयमा कास्कीका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा महानगर, गाउँपालिकामा बिहानी कक्षा हटाउन ज्ञापनपत्र बुझाइने जानकारी दिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया