सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

पोखरा ।
सुजल डेरी प्रालिले नवीनतम ब्रान्ड रस बदाम ड्रिंक बजारमा ल्याएको छ । रस बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन आल्मोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कम्पनीको दाबी छ ।
डेरीका अनुसार रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको स्वचालित मेसिनबाट उत्पादन गरिन्छ । ‘यो ड्रिंकमा आल्मोन्डसको स्वाद, स्याफ्रनको गुडनेस र दूधको तागतले उपभोक्तालाई रिफ्रेस गर्नुका साथै ऊर्जा पनि प्रदान गर्छ,’ डेरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान समयको जीवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नका लागि शरीरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्छ ।
उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्न चाहिने उ,र्जा रस बदाम ड्रिंकले पूर्ण गर्छ ।’ सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्न कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ । रस बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । १८० एमएल रस बदाम ड्रिंक क्यानको मूल्य १०० रुपैयाँ तोकिएको छ ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया