लेकसाइडका ५ स्पाबाट ६ बालिकाको उद्धार

पोखरा ।
लेकसाइडका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको कास्की प्रहरीसहितको टोलीले उद्धार गरिएको छ ।
यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालको संस्थाबाट खटिएको टोलीले बुधबार ६ जना बालिकाहरुको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले लेकसाइडस्थित स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा अनुगमन गर्ने क्रममा ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरुको उद्धार गरेको जानकारी दिए ।
उनका अनुसार ५ वटा स्पा (मसाज) सेन्टरमा अनुगमन गर्ने क्रममा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएको पाइएपछि पीडित बालिकहरुको उद्धार गरिएको बताए ।
कास्की प्रहरी, पोखरा महानगरको सामाजिक महाशाखा र शक्ति नेपालको संयुक्त टोलीले सेन्टर पोइन्ट स्पाबाट २ जना, हिमालय स्पाबाट १ जना, पारामाउट स्पाबाट १ जना र न्यू भिजन स्पाबाट २ जना बालिकाको उद्धार गरेको हो ।
तपाईको प्रतिक्रिया