छोरेपाटन माविमा भूपू विद्यार्थी मञ्चको सक्रियता

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले पुनः स्थापना गरेको भूपू विद्यार्थी मञ्च हाल निकै सक्रिय रुपमा अगाडि बढिरहेको छ ।
मञ्च स्थापनादेखि नै सरसफाई, विद्यालयमा अक्षयकोष स्थापना, रक्तदान कार्यक्रममा सहकार्य, नयाँ वर्षको भित्तेपात्रो प्रकाशन, रमाइलो वनभोज गर्दै आएको मञ्चले जेठ ५ गते बृहत सरसफाइ कार्यक्रम गर्ने भएको हो ।
मञ्चको बैठकले उपाध्यक्ष हिमलाल उपाध्यायको संयोजकत्वमा उपसमिति वनाएर अगाडि वढेको छ भने उक्त कार्यक्रमको लागि पोखरा महानगरपालिका कार्यलयबाट हौसला स्वरुप माक्स, ग्लोब्स तथा गार्बेज व्याग सहयोग प्रदान गरेको अध्यक्ष कृष्ण रानाभाटले वताए ।
पोखरा १७ को डेभिज फलदेखि वरको चौतारीसम्म जनचेतनामूलक सन्देश सहित हुने उक्त सरसफाई कार्यक्रममा छोरेपाटन टोलसुधार समिति, डेभिज क्लब, आमा समूह तथा टोलविकास संस्थाहरुको पनि सहयोग रहने कार्यक्रम संयोजक हिमलाल उपाध्यायले बताए ।
मञ्चको आगामी जेठ १८ गते शुक्रबार प्रथम साधारण सभा हुने भएकाले सदस्यता वितरण पनि भइरहेको अवस्थामा धेरै भूपू विद्यार्थी छोरेपाटन क्षेत्रमा बसोबास गर्ने भएकाले घरदैलो गर्दै सरसफाइ कार्यक्रमको योजना वनाएको सदस्य गणेश जिसीले बताए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया