प्रतिभा माविमा वक्तृत्वकला
पोखरा ।
पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ९ र १० का २३ जना विद्यार्थीको सहभागी रहेको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले मानिसको जीवनमा थुप्रै प्रतियोगिताले परीक्षा लिइराख्ने हुँदा वक्तृत्वकलाले मानिसको जीवनमा बोल्न सक्ने कलाको विकास गराउने, आत्मविश्वास बढाउने तथा नेतृत्व विकास गराउन अहम् भूमिका खेलेको हुँदा यस्ता कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए ।
सहप्राचार्य प्रदीप खनालको अध्यक्षतामा भएको कार्यक्रममा खनालले कार्यक्रममा विद्यार्थीबाट आएका गहन भनाइबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै विजेता विद्यार्थीलाई बधाई दिए । कार्यक्रममा सिजन गुरुङ प्रथम, समीर पराजुली द्वितीय, सुप्रिया मानन्धर तृतीय र प्रशन्न ढकाल सान्त्वना भए ।
कार्यक्रमको निर्णायकको भूमिकामा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुवेदी थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापा र अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया