ज्येष्ठ अभिभावकलाई सिद्धार्थ क्लबको सम्मान

समाधान संवाददाता २०७६ साउन ७ गते १४:३७

समाधान संवाददाता, पोखरा

सिद्धार्थ क्लब पोखराले स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । त्यस अवसरमा क्लबले ज्येष्ठ अभिभावकलाई सम्मान गर्‍यो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष नवीन उलकले क्लब स्थापना काल समयको सम्झना गराउँदै त्यस बेलाको मेहेनत र परिश्रम विस्तार हुँदै क्लब प्रगतिको बाटोमा लम्कन सफल भएको बताए ।

सभाध्यक्ष विनोदप्रसाद श्रेष्ठले सामाजिक सेवामा समर्पित क्लबले ज्येष्ठ नागरिकलाई लक्ष्य गरी सेवामूलक कार्य गरिरहेको सुनाए । ‘३५ औं वार्षिकोत्सव कार्यक्रमका अवसरमा संस्थाका सदस्यका ७० वर्ष नाघेका ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको हो,’ उनले भने ।

Advertisement

ज्येष्ठ अभिभावकका तर्फबाट युवराज श्रेष्ठले वास्तविक वृद्धहरुको पहिचान र उनीहरुको सरोकारको विषयमा राज्यले ध्यान दिनुपर्ने भनाइ राखे । कार्यक्रममा बगालेटोल सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष हिराकाजी श्रेष्ठ, सल्लाहकार समितिका संयोजक श्यामलाल श्रेष्ठलगाएतले आफनो मन्तव्य राखेका थिए ।

संस्थाका सदस्यहरुका २७ जना ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको वार्षिकोत्सव कार्यक्रममा प्रथम उपाध्यक्ष पार्वती माकाजूले स्वागत मन्तव्य, निर्देशक सुमनकुमार श्रेष्ठले कार्यक्रम माथि प्रकाश पारेका थिए भने कार्यक्रम सचिव प्रमोदनारायण श्रेष्ठले सञ्चालन गरेका थिए । वार्षिकोत्सवको अवसरमा क्लबले सोमबार साँझ दीपावली कार्यक्रम आयोजना गरेको थियो । मंगलबार क्लब प्रांगणमा सिद्धार्थचोकमा पोखरा सिद्धार्थ हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य परीक्षणको (पेट, छाती, मुटु, सुगर, प्रेसर र थाइराइड) सम्बन्धी मात्र) व्यवस्था गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया