अल्फा स्कुलमा वक्तृत्वकला प्रतियोगिता

पोखरा ।
पोखरा १६ लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा अन्तर सदनात्मक नेपाली वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा कक्षा ४ र ५ तर्फ कक्षा ४ ख की छात्रा अंकिता गौतम प्रथम, ५ खका आयान गौतम द्वितीय र कक्षा ५ ककी इसा नेपाली तृतीय र ५ कका दिप्सन थारु सान्त्वना भए ।
कक्षा ६, ७ र ८ तर्फको प्रतियोगितामा कक्षा ६ की रिहाना थापा प्रथम, कक्षा ८ का जेनिसा गुरुङ द्वितीय, कक्षा ८ कै सुप्रेना पुन तृतीय र सञ्चिता विक सान्त्वना बने । कक्षाका नसिव पुन द्वितीय, ९ क अभिषेक श्रेष्ठ तृतीय र ९ कै सुवर्ण केसी सान्त्वना ठहरिए ।
विजयी विद्यार्थीलाई प्राचार्य सुरेन्द्रमान सिंह भण्डारी, कार्यकारी निर्देशक दीपक गुरुङ, सहप्राचार्य कृष्ण लम्साल र प्रशासक निराजन थापाले पुरस्कार वितरण गरे । नेपाली विभागद्वारा आयोजना गरिएको कार्यक्रमको संयोजन नेपाली शिक्षक भारती गौतमले गरेकी थिइन् ।








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया