रामज्योति माविका विद्यार्थीको छात्रवृत्ति बैंकमा जम्मा गरिने

पोखरा ।
पोखरा २६ सक्नेरीस्थित रामज्योति माध्यमिक विद्यालयका विद्यार्थीको छात्रवृत्ति प्राइम कमर्सियल बैंकमा जम्मा गरिने भएको छ । ‘विद्यार्थीको छात्रावृत्ति बैंकमा’ कार्यक्रम अन्र्तगत विद्यालय र बैंक बिच सम्झौता भएको छ ।
विद्यालयका प्रध्यानाध्यापक गुमानाथ लामिछाने र बैंकका बुढीबजार शाखा प्रमुख लक्ष्मण कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बालबालिकामा बचत गर्ने बानीको विकास, छात्रावृत्तिको सदुपयोग साथै वित्तीय साक्षरताको अवधारणा विकास गर्ने, अनावश्यक खर्च कटौति गरी उच्च शिक्षामा लगानी गर्ने र अभिभावकको आर्थिक भार कम गर्ने उद्देश्यले बैंकमा बचत गर्न लागिएकाे प्रध्यानाध्यापक लामिछानेले बताए ।
पहिलो पटक खाता खोल्दामा बैंकले खातामा एक सय जम्मा गरिदिने कुँवरले जानकारी दिए । बचतमा उच्च व्याज प्रदान गरिने उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्राथमिक इन्चार्ज पूर्णिमा गुरुङ र बैंकका सम्पर्क अधिकृत महेशराज देवकोटा, अपरेसन इन्चार्ज जयन्ती गुरुङ लगायत उपस्थित थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया