ढिकुरपोखरीको लेवाडेमा बस दुर्घटना, ८ जना घाइते

समाधान संवाददाता २०८१ जेठ १७ गते १३:१५

काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान पौने ४ बजे बा५ख २८५ नम्बरको बस लेवाडेमा सडकको दायाँ साइडतर्फ नालामा पल्टिएको हो ।

Advertisement

बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् । बसका चालक पर्वतको जलजला गाउँपालिका वडा नं.८ बस्ने वर्ष ३६ का बलबहादुर फगामी मगरको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी र सोही जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर १ निस्कोटका ४५ वर्षीय प्रेम पुनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा र दरबाङ बस्ने वर्ष १५ की सबिता श्रीपालीलाई पनि उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। सोही दुर्घटनामा घाइते दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारीको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ ।

Advertisement

मङ्गला गाउँपालिका १ सिमह बस्ने वर्ष ५७ की हरि केसी र म्याग्दीकै २५ वर्षीया रञ्जना हमालको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहको प्रवक्ता शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया