बालोदय माविमा अभिभावक शिक्षा
समाधान संवाददाता
२०८१ जेठ २० गते १२:३८

पोखरा ।
विश्व अभिभावक दिवसको अवसरमा पोखरा १७, बिरौटामा अवस्थित बालोदय माविले कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीका अभिभावकहरूका लागि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको सहजीकरण लेखक, प्रेरक वक्ता एवं प्रशिक्षक रवि किरणले गरेका थिए । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका करिब ११०० जना अभिभावकहरूको उपस्थित थियो ।
बालबालिकाको सिकाइ बालबालिका स्वयं, विद्यालय र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्धबाटमात्र सम्भव हुने र उनीहरुको सिकाइमा अभिभावकको भूमिका अझ बढी महत्वपूर्ण रहने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्राचार्य टेकनाथ पौडेलले बताए ।
उनले कार्यक्रमबाट प्राप्त ज्ञान, सीप र धारणा दैनिक जीवनमा कार्यान्वयनमा ल्याउन सकेमात्र कार्यक्रम अर्थपूर्ण रहने बताए ।
सम्बन्धित









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया