होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट आरोपमा पोखराको युनिभर्स बोर्डिङका शिक्षक पक्राउ

समाधान संवाददाता २०८१ जेठ २१ गते १८:३५

पोखरा ।
पोखरा ३२ मा रहेको युनिभर्स इङ्लिस बोर्डिङ स्कुलका शिक्षक सुदीप अधिकारी पक्राउ परेका छन् । अधिकारीलाई सोही विद्यालयका एक बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

Advertisement


कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी अधिकारीले बालकको संवेदनशील भागमा लठ्ठीले प्रहार गरी घाइते बनाएको भनी प्रहरीमा जाहेरी परेको छ । कास्कीको रुपा गाउँपालिका वडा नं. ६ खोलाको छेउ बस्ने वर्ष ३२ का अधिकारीले १३ गते कुटपिट गरेका थिए ।


कास्की जिल्ला अदालतबाट बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उक्त कसूरमा १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया