पोखरा विश्वविद्यालयका विद्यार्थीका व्यावसायिक योजनालाई सहायता

पोखरा ।
पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसमा सञ्चालित उद्यमशीलता सहायता कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सहायता रकम हस्तान्तरण गरिएको छ । स्कुल अफ बिजनेसले ३ वटा व्यावसायिक योजनाका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत् प्रदान गरिएको रकम सम्बन्धित विद्यार्थीलाई वितरण गरेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन संकायका डीन डा दयाराज ढकाल, स्कुल अफ बिजनेसका निर्देशक डा श्रृजन ज्ञवालीसमेतको उपस्थितिमा विद्यार्थीसँग अनुदान सम्झौता भएको थियो । त्यस अवसरमा विद्यार्थीका अभिभावकसमेत उपस्थित भएका थिए ।
आयोगमा नै भएको अन्तिम प्रस्तुतीकरणबाट छनोट भएका ३ व्यावसायिक योजनालाई सहायता गरिएको हो । साहिल काफ्लेको टायर रिसाइक्लिङ फ्याक्ट्रीलाई ४० लाख, रमिन घिमिरेको केराको बोक्राबाट हस्तकला बनाउने ‘अस्वस्थामा’का लागि ४० लाख र बिना शर्माको थेफ्टी हेभनका लागि १५ लाख प्रदान गरिने भएएको हो ।
विद्यार्थीहरुलाई पहिलो किस्तावापत् सोमबार ६० प्रतिशत रकम दिइएको छ । विद्यार्थीले पाएको अनुदान रकममा ४ वर्षसम्म ब्याज लाग्दैन । त्यस अवधिभित्र उनीहरुले रकम फिर्ता गरेपछि नयाँ उद्यमीलाई प्रदान गरिने छ ।
स्कुल अफ बिजनेसले व्यावसायिक योजना निर्माण तथा सञ्चालनसम्बन्धी नन क्रेडिट कोर्स निर्माण गरी ५ दिने तालिम दिएको थियो । तालिमपछि माग गरिएका व्यावसायिक योजनामध्ये पहिलो चरणको प्रस्तुतीकरण गराई ५ वटा व्यावसायिक योजना छनोट गरी विश्वविद्यालय अनुदान आयोगमा पठाइएको थियो ।
विश्वविद्यालयले उद्यमशीलता सहयोग कार्यक्रम चलाइरहेको छ । विद्यार्थीका व्यावसायिक योजना छनोटका लागि बलराम भट्टराईको संयोजकत्वमा एउटा समिति थियो । समितिले सिफारिस गरेका ५ विद्यार्थीका व्यावसायिक परियोजनामध्ये विश्वविद्यालय अनुदान आयोगबाट ३ वटा छनोटमा परेका थिए ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया