पृथ्वी बस सञ्चालकको नेतृत्वमा योगेन्द्र र धर्मराज आकांक्षी

समाधान संवाददाता
पोखरा
कम्पनीमा रुपान्तरण भएसँगै देशकै अग्रणी मध्येको १ पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिको पहिलो साधारण सभा तथा अधिवेशन हुने भएको छ । प्रालिको साउन १० र ११ गते २ दिन पोखरा सभागृहमा चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनबाट १० सञ्चालक सदस्य र १ अध्यक्ष पदमा नेतृत्व टुंगो लगाउने भएको हो ।
प्रालिको नेतृत्व लिन समितिकै बागडोर सम्हाल्दै आएका उपाध्यक्ष धर्मराज अर्याल र महासचिव योगेन्द्रबहादुर केसीले आकांक्षी देखिएका छन् । केसी झन्डै १२ वर्षदेखि समितिको विभिन्न जिम्मेवारी सम्हालेका केसीले प्रालिको नेतृत्व लिन कसरत गरेका हुन् ।
‘आजसम्म पनि जिम्मेवारी भूमिका निर्वाह गर्दै आइरहेको छु,’ महासचिव केसीले भने, ‘राज्यले समितिलाई कम्पनीमा रुपान्तरण त गर्यो, अझैं पनि व्यवसायी अनुकूल कानुन ल्याउन खबरदारी गरिरहनु परेको स्थिति छ । म नेतृत्वमा रहँदा व्यवसायीका समस्या निराकरणका लागि पहल गर्नेछु ।’
यातायात क्षेत्रमा भएका तमाम् समस्यालाई राज्य र यातायात कम्पनीका तर्फबाट समन्वय गरेर समुचित व्यवस्थापन गर्नुपर्ने समय आएकाले नेतृत्वमा रहँदा सदैव पहलकदमी भूमिका खेल्ने केसीले बताए ।
यातायात प्राधिकरण गठनको तयारी सरकारले गरिरहेका बेला १ हजार ३ सय २७ सेयर सदस्य भएको पृथ्वीराजमार्गबाट ठोस कदम चाल्नसमेत आफूलाई सम्पूर्ण सदस्यले विश्वास गरेको उनको भनाइ छ ।
सरकारले देश भरका यातायात समिति भंग गरी प्रालि अन्तर्गत रुपान्तरण हुनुपर्ने बाध्यात्मक प्रावधान ल्याएपछि तत्कालीन पृथ्वीराजमार्ग बस सञ्चालक समितिसमेत कम्पनीमा दर्ता भएको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया