कास्की र तनहुँ उपाधि नजिक

पोखरा ।
पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधि नजिक पुगेका छन् । पोखरा रंगशालामा आइतबार भएका दुई छुट्टा–छुट्टै सेमीफाइनलबाट उपाधि भिडन्त हुने टिमको टुंगो लागेको हो । आइतबार भएको पहिलो सेमीफाइनलमा तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुगेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजीव श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिए पनि तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका शान्तबहादुर गुरुङले टिमका लागि गोल गरे भने ३५ औं मिनेटमा दिपेश आलेले तनहुँका लागि अर्को गोल थपे ।
उक्त खेलमा तनहुँका लक्ष्मण थापा म्यान अफ दि म्याच घोषित भए । अर्को सेमीफाइनलमा कास्कीले म्याग्दीलाई ४–१ ले पराजित गरी उपाधि नजिक पुगेको छ । कास्कीका लागि किशोर गुरुङ र राजकुमार कुँवरले समान २ गोल गरे । किशोरले ४१ र ५९ औं टिमका लागि गोल गरे भने राज कुमारले ४४ र ४७ औं मिनेटमा गोल गरेका थिए ।
खेलमा कास्कीका राजकुमार म्यान अफ दि म्याच प्राप्त गर्न सफल रहे । फाइनल खेल सोमबार दिउँसो १ बजे हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख र उपविजेता हुने टिमले नगद १ लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटसमेत हुने छन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया